काठमाडौं । कार्यालयमा आर्थिक अनुशासन कायम गराउन जिल्ला प्रशासन कार्यालय मोरङमा आज प्रभु बैंकको एक्स्टेन्शन काउन्टर स्थापना भएको छ । आर्थिक रुपमा कर्मचारीले व्यहोर्ने जोखिम कम गर्न सो काउन्टरले मद्दत गर्ने विश्वास गरिएको छ ।
प्रभु बैंकको देशभरमा १९६ शाखा र ३७ एक्स्टेन्शन काउन्टर छन् । देशभरमा विभिन्न भन्सार कार्यालयमा १०, मोरङमा चार, झापामा चार, इलाममा एक र सुनसरीमा एक वटा सो काउन्टर रहेको बैंकका प्रदेश प्रमुख लेखराज कार्कीले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नवस्थापित काउन्टरको उद्घाटन गर्दै यसबाट सरकारी सेवा सरल, सहज, पारदर्शी हुने बताउनुभयो । बैंकका प्रदेश प्रमुख कार्कीले काउन्टरबाट सरकारी कार्यालयलाई मात्र नभएर स्थानीय जनतालाई पनि सेवा दिन सकिने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया