काठमाडौं । बुर्किना फासोमा भएको प्रहरी कारबाहीमा परी कम्तीमा १८ जना जिहादी विद्रोही मारिएका छन् । प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयास गरेका ‘आतङ्ककारीहरु’ मारिएका अधिकारीहरुले जनाएका छन् ।
सुरक्षाकर्मीतर्फ भने एक जना प्रहरी मारिएका र अरु सात प्रहरी घाइते भएका प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
आक्रमणकारी जिहादीहरुले प्रयोग गरेका हातहतियार, मोटरसाईकल र जिपीएसलगायतका साधनहरु घटनास्लथबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
सैन्य अधिकारीहरुका अनुसार गत हप्ता भएको दुई सुरक्षा कारबाहीमा परी अरु ३२ जनाको मृत्यु भएको थियो । देशको खराब अवस्था, कमजोर सुरक्षा व्यवस्थालगायतका कारणले देशमा भइरहेको जिहादीहरुको हिंसा नियन्त्रण गर्न बुर्किन फासो असफल भएको छ ।
हिंसात्मक गतिविधि गरिरहेको सो जिहादी समूह अलकायदा र इस्लामिक स्टेट ९आइएस०सँग पनि नजिक रहेको बताइएको छ ।
यिनीहरुले बुर्किन फासोसँगै माली नाइजरलगायतका देशहरुमा केही वर्षदेखि हिंसात्मक गतिविधि गर्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया