गोमाले चुमिन् मिसेज हिमालयन नेपालको ताज

काठमाडौं, १ माघ । ‘मिसेज हिमालयन नेपाल २०१८’को पाँचौ संस्करणको उपाधि गोमा अधिकारीले जितेकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अन्तिम स्पर्धामा उनले १५ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुमेकी हुन् उपाधी सहित उनले विभिन्न गिफ्ट ह्याम्पर र सिङ्गापुरमा आयोजना हुने ‘मिसेस एसिया प्यासिफिक ईन्टरनेसनल २०१८’मा नेपालबाट प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरिन् । प्रतियोगीतामा फस्ट रनरअपमा बिन्दु लामा र सेकेन्ड रनरअप ज्ञावली बने अमेजन इन्टरटेनमेन्टद्वारा बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि, आन्तरिक कला प्रस्फुटन गर्न प्रतियोगीता आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?