राजधानीमै २ हजार रोपनी जमिनमा गाँजा खेती, प्रहरीको सक्रियतामा नष्ट

काठमाण्डौं, २९ भदौ ।प्रहरीले राजधानी काठमाण्डौंमा ठुलो परिमाणमा गाँजा खेती नष्ट गरेको छ । राजधानीसंगै जोडिएको गोकर्णेश्वर नगरपालिकाको २ हजार रोपनी जमिनमा गाँजा खेती भेटिए पछि प्रहरीले नष्ट गर्ने अभियान चलाएको हो ।गोकर्णेश्वर नगरपालिकाको वडा नं.१मा ठुलो परिमाणमा गाँजा खेती भेटिए पछि महानगरिय प्रहरी वृत्त बौद्धबाट खटिएको डिएसपि अच्यूत पुडासैनी नेतृत्वको प्रहरी टोलीले नष्ट गर्न शुरु गरेको हो ।नीजि जग्गामा गाँजा खेती भेटिए पनि यो खेती गरिएको नभई आँफै उम्रिएको स्थानीयले बताएका छन । कुल २ हजार रोपनी क्षेत्रफलमा भेटिएको गाँजा मध्ये झण्डै ६ सय रोपनी क्षेत्रफलमा आज नष्ट गरिएको वृत्तका ईन्चार्ज डिएसपि अच्यूत पुडासैनीले बताए । गाँजा खेती भएको बाँकि क्षेत्रमा निरन्तर सक्रियता बढाई सम्पूर्ण खेती नष्ट गर्ने पुडासैनीको भनाई छ ।हेर्नुस तस्वीर    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?