काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको शनिबार बसेको बैठकले २८ दशमलव ६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । अघिल्लो वर्ष संस्थाले १ दशमलव ३२ प्रतिशत नगद लाभांश साथै २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
गत वर्षको नाफाबाट कम्पनीको २७ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ दशमलव ४३४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु कम्पनीले गरिने जनाएको छ ।
अहिले साना किसान विकास लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ७८ करोड ६० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब २ लाख रुपैयाँ भन्दा बढि हुने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया