काठमाडौं । धादिङमा अवैध बाघको छालासहित ६ जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको गजुरी गाउँपालिकास्थित २ चालिसेबाट अवैध बाघको छालासहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ३ का भाइराम प्रजा, राजेन्द्र तामाङ, ज्ञानबहादुर विक, आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका २ का सन्त तामाङ र ३ का राजकुमार तामाङ रहेका छन्।
विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीबाट गएको प्रहरी टोलीले ३ वटा मोटरसाइकल र एउटा पाटे बाघको छालासहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय धादिङमा पठाइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया