काठमाडौं । राजधानीको बसुन्धारामा रहेको वीपी स्मृति सहकारी अस्पतालको अध्यक्षमा पुन: डा केदार नरसिंह केसी चयन हुनुभएको छ ।
डा. केसीको कार्यकाल ४ वर्ष हुने भएपनि एकवर्ष अघि नै नेतृत्व परिवर्तन गर्ने कसरत गरिएको थियो । तर, ऐन अनुसार नै जाने भनेर अन्तिममा केसी सहित वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिइएको हो । अस्पतालको शनिवार भएको १२ औं वार्षिक साधारणसभाले डा.केसीलाई नै पुनः छनोट गरेको हो ।
अस्पताल स्थापनाको १२ औँ वर्षमा अस्पतालको चलअचल पुँजी २५ करोड भन्दा बढि रहेको भन्दै अध्यक्ष केसीले व्यवस्थापन र सदस्यहरुलाई बधाई समेत दिनुभएको थियो ।
साथै उहाँले सभाको उद्घाटन सत्रमा अस्पतालको प्रगति विवरण प्रस्तुत समेत प्रस्तुत गर्नुभएको थियो । अस्पतालले दुई वर्षयता आफ्नै भवनमा सञ्चालन गरिएको साथै सेवाहरु विस्तार हुने क्रममा रहेको उहाँले बताउनुभयो । डा .केसीका अनुसार अस्पतालले छिटै न्यूरो, कार्डियो सर्जरी र क्यान्सरको उपचार समेत शुरु गर्ने योजना रहेकाे छ ।
अस्पतालको साधारण सभाका क्रममा अस्पतालका शेयरधनीहरुका साथसाथै काँग्रेस नेता कुल बहादुर गुरुङ, अर्जुन नरसिंह केसी लगायतकाे उपस्थित रहेकाे िथयाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया