काठमाडौं। सीमा बचाऔं अभियानका अभियन्ताहरुले भारतले अतिक्रमण गरेको सबै भूभाग नेपालभित्रै समेटिएको नेपालको नक्सा जारी गरेको छ ।
आइतबार रिपोर्टर्स क्लवमा एक कार्यक्रमको आयोजना गरी अभियन्ताहरुले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेका हुन् ।
नयाँ नक्सा जारी गर्दै समितिका संयोजक भैरव रिसालले यो नक्सा सुगौली सन्धिले निर्धारण गरेको आधिकारिक नक्सा भएको बताउनुभयो ।
नापी विभागका पूर्व महानिर्देशक पुण्य सुवेदीले केही वर्षअघि आफूहरुले पनि अध्ययन गरेर यस्तै नक्सा सरकारलाई पेश गरेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया