वालिङ, १ माघ । गतवर्षको तुलनामा स्याङ्जामा यसवर्ष ३४ प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको छ जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीका अनुसार यसवर्ष जिल्लामा १३ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो गतवर्ष एक हजार ८४२ हेक्टर क्षेत्रफलमा २० हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसवर्ष सोही क्षेत्रफलमा १३ हजार मेट्रिक टनमात्रै सुन्तला उत्पादन भएको छ मीठो र स्वादिलो सुन्तलाका लागि चिनिने स्याङ्जामा सुन्तलाकाकै क्षेत्रमा प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत सुन्तला जोनका रुपमा काम अगाडि बढाइएको छ गतवर्ष ३३ करोड बराबरको सुन्तलाको कारोबार भएको जिल्लामा यसवर्ष २२ करोडको कारोबार भएको कार्यालयले जनाएको छ यसवर्ष सुन्तला फूल खेल्ने बेलामा असिना पानी, हावाहुरीलगायत कारणले उत्पादनमा कमी आएको हो कात्तिकदेखि शुरु भएको सुन्तला बिक्री अहिलेसम्म पनि जारी छ । शुरुवातमा प्रतिकिलो ३५ मा बिक्री शुरु भएको सुन्तलाको मूल्य अहिले करिब १०० को हाराहारीमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया