रुपन्देहीमा एनआईसी एशिया बैंकको ४३औं शाखारहित बैंकिङ सेवा संचालन

काठमाडौं। एन आई सी एशिया बैंकले रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १३, ओडवलियामा आफ्नो ४३औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

सो शाखाबाट स्थानीयले निक्षेप तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, खाता खोल्ने, मोबाइल रिचार्ज गर्ने, टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम लगायतको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले संचालनमा ल्याएको ओडवलिया शाखारहित बैंकिङ सेवा मेयर मनमोहन चौधरीले उद्घाटन गर्नुभएको हो । बैंकले जनाए अनुसार शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि अजयसिहं क्षेत्रीलाई नियुक्त गरेको छ । साथै यसबाट गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?