लामखुट्टेले नै डेंगू फैलाउने रोक्ने !

काठमाडौं। इडोनेशिया, वियतनाम, ब्राजिलका साथै अष्ट्रेलियाका समुदायहरुमा डेंगूको संक्रमणको तिब्रगतिमा कमी आएको छ । एक अन्तराष्ट्रिय अनुसन्धान टोलिका अनुसार यसको उत्पादन गर्ने लामखुट्टेको ल्याब्रोरेट्रीमा तयार गरिएको छ ।
ठुलो संख्यामा यी लामखुट्टेको परिक्षणको क्रममा यसले डेंगूका साथै भाइरल फैल्याउन रोक्न सक्ने क्षमता रहेको पाइएको छ ।

यसका लागि लामखुटेमा एक खास ब्याक्टेरिया रहनु जरुरी हुन्छ । यस ब्याक्टेरिया किडमा पाए अनुसार यसले मानिसका लागि कुनै क्षति पुर्याउन सक्दैन । रिसर्च गर्ने संगठन वल्ड मस्किटो प्रोग्रामका कैमरुन सिम्मसका अनुसार किटनाशले किटहरुको मृत्युको हुनको सट्टामा, “यो लामखुट्टेलाई परिवर्तन गर्नु जस्तो रहेको छ ।”

यसको पहिलो सफलताको संकेत अष्ट्रेलियामा सार्वजिक भएको थियो । उत्तरी क्वीसलैड क्षेत्रमा बोलबाशिया ब्याक्टेरिया रहेका लामखुट्टेहरु २०११ मा छोडिएको थियो । विस्तारै यी लामखुट्टेले मानिसहरु हरेको क्षेत्रमा प्रवेश गर्‍यो । डेंगूको फैलावट विस्तारै वृद्धी हुँदै गएको थियो । लामखुट्टेले कुनै मानिसलाई टोक्ने पछी दोस्रो मानिसलाई टोक्ने क्रम चेलेको थियो । वोलबालिया ब्याक्टेरिया कुनै किसिमको प्रक्रिया रोक्न सक्ने क्षमाता रहेको देखिएको थियो ।
सिम्मंसका अनुसार, नर्थ क्वीसलैड क्षेत्रमा रहेका समदुायमा स्थानिय स्थरमा संक्रमण लागभग अन्त भएको थियो ।

यस्तै यसको मुख्य परीक्षा एसिया साथै ल्याटिन अमेरिकामा रहेको छ । डेगोको महामारी लगातर फैलिदै गएको छ । यसबाट लाखौं मानिसहरुको पिडित भएका छन्। धेरै पटक यो घातक समेत बनेको छ । सिम्ममको टीमले रिपोर्टका अनुसार, २०१६ मा यस लामखुट्टेलाई इडोनेशियामा छोडिएको थियो ।

डेंगूका विरामीको सख्यामा ७६ प्रतिशत कमी आएको छ । यसको तुलना नजिकका क्षेत्रमा डेंगूका विरामीको संख्यामा समेत कमी आएको छ । ब्रजिलको रियो डे जनेरोको नजिकमा समेत डेंगूका साथै अन्य भाइरल चिकनगुनियामा समेत कमी आएको पाइएको छ । यी देशका साथै अन्य क्षेत्रमा समेत रिसर्च अहिले पनि जारी रहेको छ ।

विशेषज्ञका अनुसार, रिसर्च अहिले पनि आवश्यक रहेको छ । अहिलेसम्म भएको अनुसन्धानका क्रममा स्थानीय स्वास्थ्य समूहमा डेंगु समस्याको संख्या अनुसन्धान गरिएको थियो । यी मानिसहरुको रगतको जाँच समेत गरिएको थिएन । नर्थ क्वीसलैडका क्षत्रेमा वोलबाशियामा आठ वर्षदेखि यता केही भन्न नसकिने अवस्था रहेको छ ।

फलफुलमा बस्ने लामखुट्टेदेखि लिएर फोहरमा बस्नेसम्म प्रजातिहरु मध्ये धेरै वोलबाशियामा संक्रमित रहेका छन् । डेंगू फैलाउने एडेस एजिप्टी लामखुट्टेहरुमा यस्तो ब्याक्टेरिया नभएको भए यो लामखुट्टेले दिनमा टोक्ने र अधिकांस शहरी क्षेत्रमा यो पाउने गरिन्छ । यो क्षेत्रमा अत्याधिक रुपमा किटनाशकको प्रयोग गरेर यसको प्रतिरक्षा गरिएको छ ।

वल्ड मास्किटो प्रोग्रामको रिसर्चमा पहिले लामखुटेको अडा वोलबाशियाबाट ल्यापमा संक्रमित गरेको छ । संक्रमित साना लामखुटे यसपछि यी ब्याक्टेरियाका अण्डाको सहयोगमा अरुसम्म पुग्नलाई मद्दत गर्ने छ ।
यस तरिकाले लामखुटेको टोकाइबाट मुक्ति पाउन भने सकिएको छैन । किटनाश दबाइको तुलनामा यो केही हद सम्म सस्तो रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?