काठमाडौंमा ‘चीन तिब्बत व्यापार मेला’ आजबाट शुरु

काठमाडौं । काठमाडौंको त्रिपुरेस्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सोमबारदेखि ‘चीन तिब्बत व्यापार मेला’ शुरु भएको छ ।

नेपाल र चीनका उत्पादनहरुको प्रदर्शनी गर्ने तथा बजारको खोजि गर्ने उद्देश्य सहित नेपाल चीन उद्योग वाणिज्य संघ र तिब्बत बोर्डर ट्रेड चेम्बरले संयुक्त रुपमा मेलाको आयोजना गरेका हुन् । मेलालाई संबोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले नेपालको व्यापार घाटा बढ्दै गएको र चीनसँग पनि ठुलो मात्रामा व्यापार घाटा रहेको बताउनु भयो । उहाँले नेपाल र चीनमा संयुक्त रुपमा गरिने व्यापार मेलाले नेपालका उत्पादनको प्रवर्धन गर्न सहयोग पु¥याउने बताउनुभयो । सचिव अर्यालले मेलाले बढ्दै गएको नेपालको व्यापार घाटालाई कम गर्न समेत सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

मेलामा नेपाल र चीनको स्वसाशित क्षेत्र तब्बतका व्यवसायीहरुको सहभागिता रहेको छ । मेलामार्फत दुई देशका उत्पादनहरुको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास आयोजकले गरेको छ । मेला चार दिन सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?