काठमाडौं । चितवनमा अटो रिक्साको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित राजमार्गमा ना.२ ह ६०३९ नम्बरको अटोको ठक्करबाट पहिचान नखुलेका करिब ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया