नेकपाको बारामा भव्य जनसभा : ‘प्रचण्ड’सहित आठ मन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बारा स्थित निजगढमा मंगलबार भव्य जनसभा गर्दै छ । नेकपाको प्रदेश २ कमिटिको आयोजनामा हुने कार्यक्रममा आज अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल सहित ८ मन्त्रीहरु त्यहाँ पुग्दैछन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको प्रमुख आतिथ्यता तथा महासचिव पौडेल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सहभागि हुनु हुँने भएको हो । त्यस्तै, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ती बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पर्यटनमन्त्री योगेशकुमार भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ र श्रममन्त्री रामेश्वर राय यादव पनि सहभागी हुने नेकपाले जनाएको छ ।

नेताहरुले एकैसाथ बाराको आमसभामा सम्बोधन गरेर विकास प्रतिको सामुहिक प्रतिबद्धता ब्यक्त गर्न लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?