एजेन्सी । प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले न्युक्यासललाई पराजित गरेको छ ।
आईतबार राति भएको खेलमा एस्टन भिल्लाले न्युक्यासललाई २–० गोल अन्र्तरले हराएको हो । एस्टनका लागि दुवै गोल पहिलो हाफमै दुई गोल गरेको एस्टनले दोस्रो हाफमा अग्रता कायामै राखेको थियो ।
३२ औ मिनेटमा कोनोर होहरिनले फ्रिकिक मार्फत घरेलु टोली एस्टनलाई सुरुवाती अग्रता दिलाए । त्यसको चार मिनेटपछि अनवर एल गाजीले एस्टनको अग्रता दोब्बर पारेका थिए ।
भिल्ला क्लबले लगातार तीन हारको सामना गरेको छ ।
रेलिगेशन जोन भन्दा दुई स्थान माथि रहेको एस्टन भिल्लाले १३ खेलबाट १४ अंक जोडेको छ । न्युक्यासल १५ अंक सहित १४ औं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया