काठमाडौं । अवान्छित गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले धरानमा विप्लव समुहका नौ जना कार्यकर्ता पक्राउ गरेको छ ।
धरानको उपनिवाचनलाई लक्षित विभिन्न गतिविधि गरेको भन्दै सोमबार साँझ धरान–१५ निराजन बस्तीबाट उनीहरुलाई पक्राउ गरीएको धरान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सङ्खुवासभा सिलिचौङ–३ ताप्लीका दीपेन्द्र राई, प्रवीन राई, उदीप रसाइली, उमेश राई, पदम राई, महेन्द्र राई र सोही ठाउँ घर भई धरान–८ बरगाछी बस्दै आएका सुवास राई छन् । त्यस्तै धरान–८ का संजेस राई र रमेश भनिने कुमार ढकाल छन् । ढकाललाई भानुचौकबाट नियन्त्रणमा लिइएको थियो भने अन्यलाई निराजन बस्तीबाट नियन्त्रणमा लिइएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
उनीहरूको साथबाट विप्लवद्वारा हस्ताक्षरित पर्चा पम्प्लेटसहित २ दशलमव ५ लिटरको नयाँ कुकुर, १० थान मोबाइल, १२ थान सीमकार्ड, एक लाख रुपैयाँभन्दा बढी रकम र २ थान मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया