३ इन्स्योरेन्स कम्पनीको ४४ लाख कित्ता शेयर सुचिकृत

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४४ लाख कित्ता भन्दा बढी बोनस शेयर सुचिकृत हुन आएको छ । बिभिन्न ३ बिमा कम्पनीको बोनस सेयर सुचिकृत हुन आएको नेप्सेले जनाएको छ । शेयर सुचिकृत हुनेमा प्राइम लाइफ इन्स्योरेन्स,नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्स रहेका छन् । ती तीन कम्पनीको जम्मा गरि कुल ४४ लाख ६ हजार ९ सय ५ दशमलव ७२७२ कित्ता शेयर सुचिकृत भएको छ ।

त्यो मध्ये प्राइम लाइफको २२ लाख ३१ हजार ४३ दशमलव ७५ कित्ता, नेको इन्स्योरेन्सको १४ लाख ११ हजार ५ सय ३४ दशमलव ०८ कित्ता  तथा नेपाल इन्स्योरेन्सको ७ लाख ६४ हजार ३ सय २७ दशमलव ८९७२  कित्ता शेयर सुचिकृत हुन आएको हो ।

साथै आफ्नो डिम्याट खातामा आएपछि मात्र लगानीकर्ताहरुले शेयर खरिद बिक्रि गर्न सकिने पनि नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?