काठमाडौं । नेपाल–भारत सिमा विवादबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा हुँन् सक्ने नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।
एक निजी टेलिभिजनसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसमा मोदीजी र मेरोवीचमा कुरा नहुने कुरा छैन, उहाँ र मेरोवीचमा पनि कुरा हुन सक्छ । यो विभिन्न तहमा कुरा हुन सक्छ । पहिले त यो अरु लेभलबाट कुरा भएर पनि टुंगिन सक्छ । टुंगिएन भने हाम्रो लेभलमा पनि कुरा हुन्छ ।’
ओलीले अन्तरवार्ताका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईलाई राष्ट्रियताका सवालमा गम्भीर भएर बोल्न सुझाव दिनुभएको छ ।
उहाँले भन्नुभयो शेरबहादुरजी अथवा बाबुराम भट्टराईजी उहाँहरुले जसरी बोल्दै हुनुहुन्छ नि, अलिकति म आग्रह गर्न चाहन्छु, नेताहरुले तौलका साथ बोल्नु वाञ्छनीय हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया