काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अप्रेसन सुरु भएको छ । एपेन्डिसाइटिस भएपछि उहाँलाई मंगलबार बिहान टिचिङ हस्पिटलको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो ।
डा रमेश सिंह, दिव्या सिंह लगायतको टोलीले प्रधानमन्त्रीको अप्रेसन सुरु गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक्कासी पेट दुख्न समस्या देखिएपछि प्रधानमन्त्रीलाई अस्पताल लगिएको जानकारी दिनुभयो ।
स्वास्थ्य परीक्षणपछि चिकित्सकहरुको सुझाव अनुसार नै उहाँले अपरेशन गर्न लाग्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया