यसकारण घट्दैछ वाणिज्य बैंककाे नाफा

काठमाडौं । पछिल्लो समय बाणिज्य बैंकहरुको नाफा बृद्धिदरमा कमि आउन थालेको छ । यसरी बैंकहरुको नाफामा कमि आउदा राजस्वमा प्रत्यक्ष असर पर्दछ । नेपालमा हाल रहेका २८ वटा वाणिज्य बैंकहरु रहेका छन् । ती मध्ये १०  बैंकहरुको नाफामा कमि आएको छ । वाणिज्य बैंकहरुले व्यापार विस्तारका लागी नाफा बढाउदा नाफा घटन गएको हो ।

राष्ट्र बैंकले पछिल्लो समय स्प्रेड दरमा बैंकहरु कस्दै लगेको छ। बैंककले ऋणको ब्याजदर महँगो नहोस् भनेर कतिपय क्षेत्रका लागि आधार दरमा निष्चित प्रतिशतसम्म मात्र प्रिमियम तोकेर ब्याज दर कायम गर्नका लागी निर्देशन समेत दिएको थियो ।

व्यापारमा बृद्धि गरि नाफा आर्जन गर्नका लागी भन्दै बैंकहरुले ब्यापक रुपमा शाखा सञ्जाल बिस्तार गर्दै आएका छन् । शाखा विस्तारसँगै शाखाका लागी कर्मचारी तथा अन्य प्रशासनिक खर्च पनि बढेको छ।

बैंकले आर्जन गरेको नाफा रकम अन्य क्षेत्रमा खर्च गर्नुपरेकाले नै खर्च बढेर नाफा बृद्धिदर कम हुन गएको हो ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले ४७ प्रतिशतसम्मले नाफा बढाएका थिए। तर यो आर्थिक वर्षको असोजसम्म बैंकहरुको नाफा बृद्धिदर ६ प्रतिशत मात्रै रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?