काठमाडौँ । अल्बानियामा मंगलबार ६.४ रेक्टरको भूकम्प गएको छ । तिरानाको तटीय शहर दुर्रेसमा धक्का महशुस गरिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार भूकम्प केन्द्रविन्दु राजराधी तिरानादेखि ३० किलोमिटर उत्तर पश्चिमहमा रहेको छ । भूकम्पका कारण ४ जना मानिसको मृत्यु हुनुको १५० जना गम्भिर घाइते भएको संचारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार, स्थानीय समयअनुसार रातिको दुइ बजे र ५४ मिनेटमा राजधानी तिरानाको शिजाकको उत्तरपश्चिममा १० किलोमिटर दुरीमा ठुलो झटका महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु जमिनको सहतबाट १० किलोमिटरको गइराइमा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया