प्रभु बैंकले सम्पुर्ण भिजा कार्ड हटाउँदै

काठमाडौं । प्रभु बैंकले हाल प्रयोगमा रहेका सम्पुर्ण भिजा कार्डहरु विस्तापित गर्ने भएको छ । बैंकले आफ्नो कार्ड सिस्टम अपग्रेड गरिरहेको र हालको कार्डलाई विस्थापन गरी  थप सुरक्षित र सुविधायुक्त SCT UPI कार्ड जारि गर्न लागेको बैंकले जनाएको छ ।

साथै आगामी माघ १ देखि प्रभु बैंकका कुनैपनि भिसा कार्ड प्रयोग नहुने बैंकले जनाएको छ ।

माघ १ गतेदेखि हाल प्रयोगमा आएका भिजा कार्ड नचल्ने भएकोले आफुलाई पायक पर्ने जुनसुकै शाखामा गएर नयाँ कार्ड लिन बैंकले आग्रह समेत गरेको छ । नयाँ कार्ड थप प्रतिधियुक्त र थप सुरक्षित भएको बैंकले जनाएको छ । साथै नयाँ लिइने कार्ड बैंकले निशुल्क रुपमा वितरण गरिने पनि बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?