प्रधाममन्त्रीको अवस्था बुझ्न कांग्रेस सभापति अस्पतालमा, भेट्न भने पाएनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शिक्षण अस्पताल पुग्नुभएको छ ।

मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको उपचार जारी छ।

प्रधानमन्‍त्री केपी ओलीको स्वास्थ्य स्थिति बुझ्‍न अस्पताल पुगेका देउवाले ओलीलाई भेट्न भने पाएनन् ।

संक्रमणको जोखिम हुनसक्‍ने बताउँदै ओलीसँग भेट्नका लागि तत्काल कठिन रहेको बताएपछि देउवा नभेटीकन फर्किनुभएको छ । देउवाले ओलीका आफन्त र चिकित्सकसँग भेटेर ओलीको स्वास्थ्यबारे जानकारी लिएका लिनुभएको छ ।

अस्पतालबाट बाहिरिने क्रममा देउवाले संक्रमणको जोखिमका कारण ओलीसँग भेट्न नपाए पनि सहयोगी र चिकित्सकसँग कुराकानी गरेको बताउनु भयो।

देउवाले ओलीको स्वास्थ्यमा निरन्तर सुधार भएको र बाहिर हल्ला भएजस्तो अवस्था नरहेको जानकारी आफूलाई चिकित्सकहरुले दिएको बताउनु भयो।

संक्रमणको जोखिम हुने भएकाले बाहिरी भेटघाटका लागि चिकित्सकले अनुमति नदिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, – चिकित्सकले नै अनुमति नदिएकोले भेटघाट नभएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?