काठमाडौं, २ माघ । आज २० औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर भूकम्पबारे सचेतनामुलक कार्यक्रम गरी मनाईदै छ सन् १९९० साल माघ २ गते गएको बिनासकारी महाभूकम्पको सम्झनामा यो दिवस मनाउँन थालिएको हो ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा मूल समारोह समितिले वसन्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ कार्यक्रमअघि नयाँ सडकको जुद्ध शालिक अघिबाट जनचेतनामूलक भूकम्पीय सुरक्षा पदयात्रा निकालिने छ । २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो यो दिवस मनाउन थालिएपछि पनि वि.सं. २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी झण्डै ९ हजार मानिसको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया