काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज सुधार आएको छ । निरन्तर गिरावट भइरहेको शेयर बजारमा आज ८.३० अंकले सुधार हुँदा परिसूचक १११७.४६ बिन्दुमा पुगेको छ ।
आज १६५ वटा कम्पनीको ७ लाख ३८ हजारभन्दा बढी कित्ता शेयर २१ करोड २३ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । परिसूचक वृद्धि भए पनि आज कारोबार रकम र संख्या भने अघिल्लो दिनभन्दा कम रहेको छ । आज कारोबारमा आएका कम्पनीहरूमध्ये एनएमबि बैंकको शेयर कारोबार सबैभन्दा धेरै भएको पाइएको छ । जसको कारोबार २ करोड ७५ लाख रुपैयाँभन्दा बढीको भएको छ ।
त्यस्तै आज रिडी हाइड्रोपावर कम्पनीका शेयरमूल्य १० प्रतिशतले बढेकाे छ । यससँगै लगानीकर्ताले शेयर कारोबारबाट सबैभन्दा बढि रकम कमाएका छन् । साल्ट ट्रेडिङ कम्पनीले अघिल्लो साता उच्च नाफा गरेको थियो । आज यस साल्ट ट्रेडिङको करिब ७ प्रतिशतले शेयर मूल्य घटेको छ । यससँगै आज साल्टका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया