पोखरा बम विस्फोट अपडेट : ५ जना घाइते, एक पक्राउ

काठमाडौं। पोखरामा भएको बम विस्फोटमा परि ५ जना घाइते भएका छन् ।

बुधबार दिउँसो नेकपाको चुनावी सभा नजिकै भएको बम बिस्फोटमा परि ५ जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा पोखरा महानगरपालिका १५ गलेश्वरका ५५ वर्षिय धनमाया सुनार, पोखरा १० कि ५४ वर्षिय कृष्ण गुरुङ, पोखरा १५ गलेश्वरकै ४५ वर्षिय रमिला सार्की, ५५ वर्षिय जानकी पोखरेल, सोही ठाउकै ५७ वर्षिय माया विक रहेका छन् ।

घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि फर्की सकेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

यो छुटाउनुभयो की ?

पोखरामा चुनावी सभास्थल नजिकै बम विस्फोट, प्रचण्ड र बामदेव रोकिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?