प्रधानमन्त्रीको फेरि डायलासिस गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएपछि डायलासिस गर्ने तयारी गरिएको छ। मंगलबार उहाँको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार भर्ना भएका प्रधानमन्त्री ओलीको त्यहीँ डायलासिस गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

‘उहाँको स्वास्थ्य निकै सुधार भएको अस्पतालले जनाएको छ।उहाँलाई प्रेसरको औषधी पनि कम गरिएको छ । स्रातले बताए अनुसार अब उहाँको डायलासिस गर्ने तयारी हुँदैछ।’

सोमबार राति पेट दुखेपछि प्रधानमन्त्री ओली सोमबार बिहानै अस्पताल पुगेका थिए । अस्पतालमा परीक्षण गर्दा उनलाई एपेन्डिसाइटिस (एपेन्डिक्स सुन्निने) र पेरिटोनाइटिस (पेटमा संक्रमण) भएको देखिएको थियो। त्यसपछि उनको शल्यक्रिया गरिएको थियो।

यसअघि प्रधानमन्त्रीको डायलासिस धापासीस्थित ग्रान्डी अस्पताल भएको थियो । आइतबारमात्र उहाँको चौथो पटक डायलासिस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?