काठमाडौं । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बुटवल जाँदै गरेको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । ।
बुधबार दिउँसो दिउँसो लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल जाँदै गर्दा सन्धिखर्क नगरपालिका – ६ नरपानी रातामाटामा बस भिरबाट खसेको थियो ।
१७ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जसमा पुरुष १०, महिला, ६ बालिका, १ बालक एक रहेका छन् ।
ज्यान गुमाउनेहरुमा रुपन्देही बासगढीका बस चालक ३१ वर्षका वसन्त भन्ने ओम बहादुर थापा, खाचिकोट काउलेकी १८ वर्षकी माया पुरी,
८ वर्षिया खाचिकोट काउलेकी मेनुका खड्का, खाचिकोट डिहिका बलराम भट्टराई, चप्परगाउँ कपिलवस्तुकी २७ वर्षिय सिता बस्नेत, २८ वर्षिय राज कुमार महत, ३६ वर्षिय सन्त बहादुर बस्नेत, भुमिकास्थान नगरपालिका– ९ अर्घाखाँची शैलैस थापा र सन्धिखर्क– ७ खाचिकोट शिवलाल भट्टराई रहेका छन् ।
घाइतेहरु
माया पुरी, १८ वर्षिया, खाचिकोट काउले
मेनुका खड्का, ८ वर्षिया, खाचिकोट काउले
बलराम भट्टराई, खाचिकोट डिहिडाँडा
राज कुमार महत, २८ वर्षिय, पिपलडाडा वेम्जिङ, गुल्मी
शैलैस थापा, भुमिकास्थान नगरपालीका ९ अर्घाखाँची
शिवलाल भट्टराई, सन्धिखर्क – ७ खाचिकोट
कृष्ण बिक वर्ष ४०, अर्घाखाँची
बोम बहादुर वर्ष ३५ अर्घाखाँची
बिष्णु विक वर्ष ३५, अर्घाखाँची
सरस्वता भट्टराई वर्ष २३, अर्घाखाँची
जीवन विक वर्ष २५, अर्घाखाँची
अन्किता थापा वर्ष १५, सन्धिखर्क ६ अर्घाखाँची
बिष्णु अधिकारी, अर्घाखाँची
लोकनाथ पाण्डे, अर्घाखाँची
सपना कुवँर, अर्घाखाँची
नन्द बहादुर बिक, अर्घाखाँची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया