हिँड्न सक्ने भए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सो केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको उल्लेख छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको थियो ।

दुई दिनपछि प्रधानमन्त्री ओली हिँड्न सक्ने हुनुभएको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्रीलाई आज जाउलो खुवाइने उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिनुभएको छ ।

यसअघि बुधबार उहाँलाई कालो चिया र जुस खुवाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?