यी हुन् आफ्नै १३ जना छोराछोरीलाई साङ्लोले बाँधेर राख्ने आमाबाबु…

वासिंगटन, २ माघ । अमेरिकाको क्यालिफोर्नियामा आफ्नै १३ जना छोराछोरीलाई साङ्लोले बाँधेर ताला लगाएर राख्ने बाबु आमा गिरफ्तार भएका छन् यसरी बाँधेरे राखेका बच्चाहरुमध्ये केहीको उमेर धेरै कम रहेको बताइएको छ । बाँधेर राखेका सबैभन्दा सानो बच्चा २ वर्षको रहेको बताइएको छ । पक्राउ परेका ५७ वर्षीय डेभिड एलेन तुर्पिन र ४९ वर्षीया लुईस ऐना तुर्पिनलाई यातना दिएको र बच्चालाई खतरा उत्पन्न गराएको आरोप छ प्रहरीका अनुसार यी १३ जना बच्चाहरुमा २ वर्षदेखि २९ वर्षसम्मका रहेका छन् । उनीहरु लस एन्जलसदेखि ५९ माइल उत्तरपूर्वमा बस्दै आएका थिए । यसरी बाँधेर राखिएकाबहरु दाजुभाई दिदीबहिनी भएको अनुमान गरिएको छ रिभरसाइड सेरिफ्स विभागले भनेको छ, ‘आइतबार घरबाट भागेका एक पीडितले अधिकारीहरुलाई यसरी बन्धक बनाएर राखेको बारेमा जानकारी दिएका थिए । उनले घरमा रहेको एक सेल्युलर फोनबाट इमरजेन्सी नम्बरमा फोन गरेका थिए ।’ति युवतीले आफ्ना बाबुआमाले अन्य १२ जना दाजुभाई दिदीबहिनीलाई बन्धक बनाएर राखेको बताएकी थिइन् । प्रहरीले ती बालिका १० वर्षको जस्तो देखिने र कमजोर रहेको बताएको छ । प्रहरी अधिकारीले उनीहरुको बेडमा समेत साङ्ला र तालाले बाँधेर राखेको अवस्थामा फेला पारेका हुन् प्रहरीका अनुसार बच्चाका बाबुआमाले यसबारेमा सही तरिकाले उत्तर नदिइरहेको बताएको छ । अधिकारीहरुले घरमा रहेकामध्ये ७ जना १८ देखि २९ वर्षबिचका रहेका थिए प्रहरीले भनेको छ, ‘पीडितहरु कुपोषणको सिकार भएका र धेरै फोहोरी थिए ।’ सबै पीडितको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?