अम्बानीको ‘रिलायन्स इण्डष्ट्रिज’ बन्यो भारतको पहिलो कम्पनी

काठमाडौं । भारतीय व्यबसायी तथा अर्बपति मुकेश अम्बानीको कम्पनीले भारतीय शेयर बजारमा नयाँ रेकर्ड कायम गरेको छ । अम्बानीको कम्पनी रिलायन्स इण्डष्ट्रिजले शेयर बजारमा नयाँ रेकर्ड कायम गरेको हो ।

रिलायन्स इण्डष्ट्रिजले बिहीबार मार्केट क्याप १० लाख करोड भारु पार गरेसँगै नयाँ रेकर्ड कायम गर्न सफल भएको हो ।

बिहिबार कम्पनीकाे प्रतिशेयर १५७९ भारुमा कारोबार भएको थियो । त्यससँगै कम्पनीको कुल बजार मूल्य १० लाख करोड भारु हुँदै पहिलो भारतीय कम्पनी बन्न सफल भएको छ ।

समाचार एजेन्सी अनुसार कम्पनीले एक महिनाको अवधिमा एक लाख करोड बजार मूल्य वृद्धि गरेको छ।

अम्बानीको कम्पनी रिलायन्सपछि टाटा कन्सटेन्सी सर्भिस दोस्रो स्थानमा पर्न सफल भएको छ । जसको कुल बजार मुल्य ७.८१ लाख करोड भारु रहेको छ ।

त्यस्तै ६.९६ लाख करोड भारु कमाउँदै एचडीएफसी बैंक तेस्रो स्थानमा रहेको छ । भने त्यस्तै हिस्दुतान युनिलिभर कम्पनी चौथो र एचडीएफसी कम्पनी पाँचौ स्थानमा रहेका छन् । जसको कुल बजार मूल्य क्रमश: ४.५० लाख करोड भारु र ४ लाख करोड भारु रहेको पनि भारतीय समाचार एजेन्सीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?