सेञ्चुरी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच कारोबार सम्बन्धी सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच कारोबार सम्बन्धी एक सम्झौता भएको छ । बैंक र मनी ट्रान्सफरबीच बिहीबार मनी ट्रान्सफर सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौताअनुसार भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसा सेञ्चुरी बैंकका जुनसुकै शाखा कार्यालयहरुबाट भुक्तानी लिन सकिने छ ।

बैंकका तर्फबाट प्रमुख व्यवसाय विकास अधिकृत सुभाष बहादुर श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनाल जंग कार्काीले हस्ताक्षर उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

बैंकको काठमाडौं उपत्यकामा १३ शाखाहरु, ७ वटा एक्स्टेन्सन काउन्टर साथै उपत्यका भन्दा बाहिर १०० शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टरहरु रहेको छ । भने १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानबाट कारोबार सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?