बैंकबाट ऋण लिनेले जान्नैपर्छ यी ५ कुरा

काठमाडौं । आफ्नो आवश्यक्ता परिपुर्ति गर्नको लागी तपाइ हामी सबैले अरुबाट ऋण लिने गरेका छौ । ऋण साना तथा ठुला प्रयोजनका व्यक्ति तथा बैंकहरुबाट लिइने गरिन्छ । कुनै काम गर्नको लागी आफुसँग पैसा नपुग भएको अबस्थामा बैंक तथा वित्तिय संस्था साथै कुनै व्यक्तिबाट सापटी लिइने गरिन्छ । बैंकबाट ऋण लिनु आफैमा नराम्रो होइन । तर लिइएको ऋणको राम्रो सदुपयोग गर्न नसकिएमा त्यसले भविष्यमा आर्थिक रुपमा संकट निम्त्याउने गर्दछ । अरुबाट लिएको ऋण मार्फत नै व्यबसाय गरि करोडौ आम्दानी गरेको साथै ऋणको राम्रो सदुपयोग गर्न नजान्दा करोडपतिबाट सडकमा आएका प्रशस्त उदाहरणहरु रहेका छन् । त्यसैले बैंकबाट ऋण लिँदा अपनाउनुहोस् यस्ता उपाय :

  •  सर्वप्रथम कुन प्रयोजनको लागी ? के के शिर्षकमा खर्च गर्ने ? साथै समग्र खर्चको विवरण बनाउनुपर्दछ,
  • आफूले लगानी गर्न लागेको क्षेत्रको बारेमा विस्तृत अध्ययन गरि भविष्यमा कति आम्दानी गर्न सकिन्छ त्यसको मुल्यांकन तयार बनाउनुहोस्,
  •  कुन बैंक तथा वित्तिय संस्थाबाट ऋण लिँदा सस्तो,सरल व्याज तथा कम झन्झटिलो हुन्छ त्यसको बारेमा अध्ययन गर्नुहोस्
  •  ऋण लिनुभन्दा पहिले तपाइले व्यबसायीक योजना बनाउनुभएको हुनुपर्दछ। यसरी योजना बनाउदा आफुलाइ आवस्यक पर्ने भन्दा बढि ऋण नलिनुहोस। बढि ऋण लिँदा बढि नै व्याजदर पर्ने हुन्छ ।
  •  तपाइले ऋण जुन प्रयोजनको लागी लिनुभएको त्यसैको लागी खर्च गर्नुहोस ।अन्यथा बैंकबाट तपाईप्रतिको विस्वासनीयता घट्न गइ पछिका दिनमा ऋण नपाउने सम्भावना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?