विवाहपञ्चमी महोत्सव : अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती

काठमाडौं । विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि भारतको अयोध्याबाट जन्ती जनकपुरधाम आइपुगेको छ।

बुधवार महोत्तरीको मटिहानीमा विश्राम गरेको अयोध्याबाट आएका जन्तीलाई जनकपुरधाममा प्रवेश गर्दा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले स्वागत गर्नुभएको छ।

त्रेता युगमा माता सीतासँग विवाहका लागि जसरी भगवान रामको जन्ती आएको थियो सोही स्मरणमा प्रत्येक वर्ष अयोध्याबाट विवाहपञ्चमीको अवसरमा जन्ती आउने गर्छ।

जनकपुरधाम आइपुगेको जन्तीलाई शुक्रबार जनकपुरधाम स्थित रंगभूमि मैदान १२ बिघामा हुने विशेष कार्यक्रमका राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्दे हुनुहुँन्छ।

राष्ट्रपति भण्डारी अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न भोलि नै जनकपुरधाम जाँदैहुनुहुँन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?