सागको उद्घाटन र अन्त्यका दिन सवारीमा जोर बिजोर प्रणाली लागू गरिने

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ।

ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक र निजी दुबै सवारी साधनको हकमा यो नियम लागू हुँने जनाएको छ।

महाशाखाका अनुसार मंसिर १५ बिजोर नम्बर भएका सवारी साधनमात्र चल्न पाउनेछन् । उक्त दिन जोर नम्बरका सवारी साधन रिङरोडभित्र चल्न नपाउने जनाइएको छ। यस्तै, २४ गते जोर नम्बर भएका सवारी साधनमात्र चल्नेछन्। जोर बिजोरको गणना अन्तिम अंकबाट निर्धारण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?