काठमाडौँ – भारतीय महिला एवं बाल विकास मन्त्री स्मृति ईरानीले बुधबारको राज्यसभाको बैठकमा बालबालिका सँग सम्बन्धित अश्लील साम्रगी इन्टरनेटबाट हटाइएको बताइकि छन्।
ईरानीले करिब ३७७ वेबसाइटहरु हटाइएको जनाएकि छन् ।
बालबालिका उत्पीडनको सम्बन्धमा ५० भन्दा धेरै मुद्दा दर्ता भएका छन्। राज्यसभाको शुन्य समयमा बोल्दै सदस्य विजिला सत्यानदद्धारा इन्टरनेटमा बालबालिकासँग जुडिएका अश्लील सामग्रीको मुद्दा उठाए पछि त्यसको जवाफमा स्मृतिले भनिन् , “यस घटना कुनै पनि समयमा उनीहरु तत्काल सुचना दिएमा तुरुतै कार्बाही गरिने छ ।” विजिलाले भने, “मोबाइल फोनका साथै इन्टरनेटमा बालबालिका सँग सम्बन्धित अश्लील साम्रागी सम्म सजिलै पहुच भएका कारण उनीहरुमा बाल उत्पीडनका मुद्दा वृद्धी भइरहेको छ ।
इन्टरनेट एवं सोशल मिडियाको साम्रागीहरुमा रोकलाई जिकिर गर्दै हरेक दिन बालबालिकाहरु यौन उत्पीडनको खबर आएको छ । बालबालिकाको भविष्यका लागि यस्तो साम्रगीबाट बचाउन जरुरी रहेको छ । साथै पोनग्राफी सम्म सजिलै पहुचका कारण बालबालिका माथि अपराध संख्यामा वृद्धी भएको छ । ”
यसमा हस्तक्षेप गर्नका लागि स्मृतिले भनिन्, “बालबालिकासँग जोडिएको अश्लील सामग्री सम्बन्धीत करिब ३७७ वेबसाइटहरु हटाइएको छ । साथै बालबालिका उत्पीडनसँग सम्बन्धीत ५० वटा साइटहरुमा मुद्दा चलाइएको छ । ” उनी भन्छिन्, “यस्तो घटना लिएर तत्काल सूचना दिएमा उनीहरु माथि प्रशासनिक कार्वाही गरिने छ । ” एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया