एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे आफ्नो पहिलो विदेश यात्रामा बिहीवार भारत आइपुगेका छन् । राष्ट्रपतिका रूपमा उनको यो पहिलो विदेश यात्रा हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत आइपुगेका हुन् । उनीसँग राजपाक्षेका सचिव पीबी जयसुन्दर र प्रधानमन्त्री महिन्दा राजपाक्षेका सल्लाहकार ललित वीरतुंगा पनि दिल्ली आइपुगेका छन् ।
दुईदिने भ्रमणका क्रममा श्रीलंकाका राष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीसँग रणनीतिक द्विपक्षीय सम्बन्धका बारेमा विशेष वार्ता गर्ने जानकारी दिइएको छ ।
७० वर्षीय राजपाक्षे १७ नोभेम्बरमा भएको निर्वाचनमा विजयी भएका थिए ।
पूर्वरक्षासचिव गोताबायाले श्रीलंकामा लामो समयदेखि चल्दै आएको गृहयुद्ध टुंग्याएका थिए । उनी श्रीलंकाका सातौं राष्ट्रपति हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया