न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डर्नले ४० वर्षपछि मागिन् माफी

काठमाडौं। न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिडा आर्डर्नले ४० वर्ष पहिले भएको एक विमान दुर्घटनालाई लिएर माफी माग्नुभएको छ । सन् १९७९ मा न्युजिल्याण्डको एक विमान अन्टार्कटिका स्थित ३७९४ मिटर अग्लो हिमालमा एरबस दुर्घटनमा परेको थियो । यस दुर्घटनामा २ सय ५७ मानिसको मृत्यु भएको थियो ।

जाँचमा न्युजिल्याण्डको सरकारी विमान कम्पनीको गल्तीबाट दुर्घटना भएको बताइएको थियो । दुर्घटनाबाट बच्नकालागि सरकारका साथै एयरलाइन्स जाँचकर्ताहरुले झूठ बोल्नुको साथै गलत डाटा दिएका थिए ।

अहिले न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिडा आर्डनले दुर्घटनामा मृत्यु भएका परिवारसँग औपचारिक माफी माग्नुभएको हो । मृत्यु हुनेमा २ सय ३७ यात्रुसहित २० क्रू मेम्बर (चालक दलका सदस्य) रहेका थिए ।

यस विमानमा अधिकाश न्युजिल्याण्ड नागरिक रहेका थिए । यसका साथै अमेरिकी, क्यानिडिन, जापानी एंव अस्ट्रेलियन मानिसहरु रहेका थिए । पाइलटको गल्तीका कारण विमान दुर्घटना भएको बताइएको थियो ।

सार्वजनिक प्रदर्शन पछि दुर्घटना छानविनका लागि भन्दै रोयल कमिशन अफ इन्क्वायरी समतिको बैठक बसाइएको थियो । दुर्घटना रिपोर्टमा विमान कम्प्युटरको नेविगेशन सिस्टममा आएको परिर्वतनका बारेमा पाइलटको जानकारी नदिएपछि दुर्घटना भएको थियो ।

सरकारद्धारा जाँच रिपोर्ट अस्विकार

जाँच आयोगका प्रमुख पूर्व जस्टिस पीटर महोनका अनुसार, एयर न्युजिल्याण्डका प्रतिनिधीहरुले जिम्मेवारी लिनबाट बच्नका लागि झुटो प्रमाण बुझाएको थियो। उनीहरुले एयरलाइन्सको जानकारीहरु झुठ भएको बताएका थिए। न्युजिल्याण्डको सरकारले उहाँको रिपोर्ट अस्विकार गरेको थियो । एयर न्युजिल्याण्डले महोनको रिपोर्टको आलोचना गरेको थियो ।

दुर्घटनामा पाइलटको गल्ती थिएन : आर्डर्न

प्रधानमन्त्री आर्डनले आकलैंडमा स्थित गवमर्मेट हाउसमा दुर्घटनाका लागि सरकारको तर्फबाट माफि माग्नुभएको छ। उहाँ भन्नुहुँन्छ,  सरकार एंव एयरलाइन्स कारण तपाई पिडीत परिवारलाई धेरै दुख पुर्याएको छ ।

यस दुर्घटनाका लागि पाइलट जिम्मेवार रहेका छैनन्। सरकारी एयरलाइन्सको गल्तीका कारणले तपाई परिवार टाढा हुनुपर्‍यो । यसभन्दा पहिले सन् २००९ मा एयर न्युजिल्याण्डले पहिलो पटक पिडित परिवारहरुसँग माफी मागेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?