काठमाडौं ।धितोपत्र बजारमा मंसिर महिनाको दोस्रो सातासम्म आइपुग्दा लगानीकर्ताहरुले राम्रो परिणाम पाउन सकेका छैनन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अनुसार साताभरी परिसूचक ७.८३ अंकले घटन गएको छ । यो साता ११२०.६२ अंकबाट सुरु भएको नेप्से घटेर १११२.७९ अंकमा पुगेको हो । आइतबार नै घटेको नेप्सेले बुधबार भने केही मात्रामा बढेको थियो । साता भरि नै उतारचढाब पुर्ण अवस्थाका कारण लगानीकर्ताहरुमा समेत केही नैरास्यता छाएको छ ।
आइतबार नेप्से १०.५३ अंकले घटेको थियो भने बुधबार ८.२९ अंकले सुधार भएको थियो । यसअघि सोमबार भने स्थिर रहेको थियो ।
सेयर घटिरहेको कारण बजारमा लगानीकर्ताको कारोबामा इच्छा कमि हुँदै गएको देखिँदैन । जसका कारण बजारमा औसत २६ करोड रुपैयाँको कारोबार हुने गरेको छ । यो परिमाण हालसम्मको औसतभन्दा आधा हो ।
यो साता निरन्तर घट्ने क्रममा रहेको सेयर बजारमा कुल १ अर्ब ३२ करोड रुपैयाँको मात्र सेयर किनबेच भए । साताभर १ सय ८१ कम्पनीका ५१ लाख ५१ हजार कित्ता सेयर खरिद बिक्री भए । यसक्रममा २२ हजार कारोबार भएको पाइएको छ ।
नेप्से परिसूचक ०।७ प्रतिशतले घट्दा यससाता लगानीकर्ताको सम्पत्ति पनि निकै घटेको छ । साताभरमा सेयर बजारको पुँजीकरण १० अर्ब रुपैयाँले घटेर १४ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँमा कायम भएको छ । नेप्से घट्दा सेन्सिटिभ इन्डेक्स पनि ०।२३ अंकले घटेर २४६।६६ अंकमा कायम भएको छ ।
एनएमबि बैंकल यससाता कारोबार रकमका आधारमा सबैभन्दा अगाडी रहेको छ । जसको ९ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरीदबिक्री हुँदा नेपाल इन्भेस्टमेन्ट बैंकको ९ करोड ७९ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । त्यस्तै नेपाल बैंकको पनि साढे ८ करोड रुपैयाँको सेयर किकनबेच भएको नेप्सेले जनाएको छ । यो साता कारोबार रकमका आधारमा शीर्ष १० मा ८ वटा बैंक अटाएका छन् ।
सेयर बजारमा मागभन्दा आपूर्ति बढी भइरहेको अवस्थामा एकैसाता चार कम्पनीका सेयर थपिएका छन् । नेप्सेका अनुसार नेप्सेमा तीनवटा इन्स्योरेन्स कम्पनीका बोनस सेयर, एउटा कम्पनीको प्राप्ति सेयर र एउटाको हकप्रद सेयर सूचीकृत भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया