कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्र बिजयी भएकी छ्न् । निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मत मध्ये ८ सय ६८ मत ल्याई मिश्र विजयी भएकी हुन । उन्का प्रतिद्धन्द्धी नेपाली काग्रेसका देब भारती ले ४ सय ६५ मत ल्याएका छन । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अदालत मनिहारले १ सय ४७, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी १ सय ७५, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्र ११, मत प्राप्त गरेका छन । २१ मत बदर भएको छ ।
चन्द्रौटा दुर्गा मन्दिर परिसरमा मतगणना भएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधन भएपछी रिक्त रहेको पदमा अहिले उपनिर्वाचन भएको हो। व
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया