साउथ डकोटामा विमान दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौं । अमेरिकी राज्य दक्षिण डकोटामा एक विमान दुर्घटनामा दुई बालबालिकासहित ९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि तीन जना घाइते भएका अमेरिकी संन्चार माध्यमले जनाएका छ । मृत्यु हुनेमा पाइलटसमते रहेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार शनिबार भएको शीतकालिन हुरीका कारण दुर्घटना भएको जनाइएको छ । विमानमा १२ जना यात्रुले यात्रा गरेका थिए।

संघीय उड्डयन प्रशासनका अनुसार, पिलाटस पीसी–१२, सिंगल इन्जिन रहेको टर्बोप्रास विमान, चेम्बर विमानस्थलबाट करिब एक मिल दुरीमा टेकअफ गरिसकेपछि दुर्घनाग्रस्त भएको थियो ।

राष्ट्रिय उड्डयन सुरक्षा बोर्डले ट्विटरमा भनेको छ, यस दु्र्घटना हुनुको कारणको छानविन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?