काठमाडौं । मुक्तिनाथ विकास बैंककाे अवितरित हकप्रद शेयर लिलामीका लागी आवेदन दिने आज अन्तिम दिन रहेको बैंकले जनाएको छ ।
बैंकले कुल ४ लाख ३ हजार २२० दशमलव २५ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ । जसमध्ये सर्वसाधारणतर्फको ३ लाख ७०३ दशमलव ९३ कित्ता तथा संस्थापकतर्फको १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता शेयर रहेको छ । भदौ १२ गतेदेखि असोज १५ गतेसम्म हकप्रदमा आवेदन माग गरिएको बैंकले जनाएको छ । बैंकले आवेदनको लागी तोकेको अवधीमा पुर्ण रुपमा आवेदन नपरेका कारण बोलकबोल गरि शेयर बिक्रि गरेको हो ।
उक्त लिलामी शेयरका लागी आवेदनकर्ताले आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । साथै बैकले शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने पनि बैंकले जनाएको छ ।
शेयर खरीद गर्न इच्छुक कम्पनी, व्यक्ति तथा संस्थाहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरुमार्फत गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्ने छ । साथै मुक्तिनाथ क्यापिटल लिमिटेड हकप्रद विक्री प्रबन्धक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया