रसुवाको टिमुरेमा प्रभु बैंकको १९८ औं शाखा संचालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शुक्रबार रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं २ स्थित टिमुरेमा १९८ औं शाखा संचालनमा ल्याएको हो । गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले एक समारोहबिच नयाँ शाखाको उत्घाटन गर्नुभएको हो ।

उक्त उत्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिती रहेकाे थियो । बैंकको टिमुरेमा भएको शाखा विस्तारले त्यस क्षेत्रको आर्थिक उन्नतीमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विस्वास रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?