दाङमा नेकपाकी उम्मेदार खत्री अगाडी, शर्मासँग कति छ मतान्तर ?

काठमाडौं ।शनिबार भएको उपनिर्वाचन अन्तर्गत उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ (ख)को मतगणना शुरु भएको छ । घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रारम्भिक मतगणनामा नेकपाकी उम्मेदार विमला कुमारी खत्रीले अग्रता लिनुभएको छ । खत्रीलाई नेपाली कांग्रेस उम्मेदवार केशव राज शर्माले पछ्याइरहनु भएको छ। बिहान सवा ९ बजेबाट मतगणना सुरू भएको मतगणनमा अहिलेसम्म नेकपाकी उम्मेदार विमला कुमारी खत्रीले ८ सय ४० मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका उम्मेदवार केशव राज शर्माले २ सय ६३ मत प्राप्त गर्नुभएको छ ।

दाङ क्षेत्र नम्बर ३ (ख) पछिल्लो मतपरिणाम

नेकपा, विमला कुमारी खत्री : ८४०
नेपाली कांग्रेस, केशव राज शर्मा : २६३
राप्रपा , भुपाल रावत : ५
राप्रपा संयुक्त,छोटीलाल थारु : ३
नेकपा माले , हरि प्रसाद डांगी : १
नेपाल लोकतान्त्रिक पार्टी, झरेन्द्र ब. खत्री :
साझा पार्टी , शिव कुमार चौधरी : 0
नेमकिपा, सुरेश परियार : १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?