जिम्मेवारी असन्तुष्टिमा देखाउँदै अर्थमन्त्रीको छोराले छाडे जनता बैंक

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको छोरा तिलक खतिवडाले जनता बैंकबाट जागिर छाडनुभएको छ । २०६६ साल चैतमा जनता बैंकको स्थापना भएसँगै खतिवडा त्यहाँ कार्यरत हुनुहुन्थ्यो । जनता बैंकमा काम छाडेसँगै बढुवा भइ सनराइज बैंकमा काम थालिसक्नु भएको छ ।

आइटी एक्सपर्ट खतिवडा बैंकको स्थापनासँगै सूचना प्रविधी विभागमा काम गर्दै आउनुभएको थियो । सूचना प्रविधिको जानकार भएपनि बैंकले ब्राञ्च म्यानेजरको जिम्मेवारी दिइएकोमा खतिवडाले असन्तुष्टी जनाउँदै आउनुभएको थियो । त्यससँगै खतिवडाले करिव तीन महिना अघि नै जागिर छाडेको बैंकले जनाएको छ । जनता बैंकमा असिस्टेन्ट म्यानेजरका रुपमा कार्यरत खतिवडा सनराइज बैंकले डेपुटी म्यानेजर प्रस्ताव गरेपछि सनराइज जानुभएको हाे ।

सनराइज बैंकले खतिवडालाई सूचना प्रविधि र म्यानेजमेन्ट इन्फरमेशन सिस्टम चिफको जिम्मेवारी दिएको छ । अर्थमन्त्री खतिवडा र उनको परिवारको जनता बैंकमा १ करोड रुपैयाँ बराबरको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?