काठमाडौं। कास्कीमा सातहजार मतले नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बर अग्रता बनाउनुभएको छ ।
कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ शनिवार भएको उपनिर्वाचनमा मतगणना अहिले चलिरहेको छ ।
विद्याले १४ हजार ८७९ मत पाउँदै गर्दा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८५० मत ल्याएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ७ हजार १५० रहेको छ।
हालसम्म ११ वडामध्ये ३३, २१, २०, १७ र १६ को गणना सकिएको छ । अन्य ६ वटा मत गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया