साग पुरुष भलिबल: श्रीलंकालाई पराजित गर्दै भारत फाइनलमा

काठमाडौं । भारत १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको सेमिफाइनलमा श्रीलंकालाई ३-१ को सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो ।

फाइनल पुग्ने क्रममा भारतले श्रीलंकालाई २७-२५,२५-१९,२१-२५ र २५-२१ ले पाखा लगायो ।

अब भारतले स्वर्णका लागि पाकिस्तान र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । पाकिस्तान र बंगलादेशबीच सेमिफाइनल खेल केहि बेरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?