१३ औं साग ब्याडमिन्टन : नेपाली महिला र पुरुष दुबै सेमिफाइनलमा

काठमाडौं । पोखरा रंगशालाको कभर्डहलमा भइरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनमा नेपालको महिला र पुरुष दुबै टोली सेमिफाइनलमा पुगेका छन् ।

उक्त खेलमा नेपालको महिला र पुरुष टिम तीन खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन्र । पुरुष टिममा नेपालका दिपेश धामी, प्रिन्स दाहाल र रत्नजित तामाङले भुटानविरुद्ध सहज जित हात पानुर्भएको छ । उक्त खेलमा धामीले भुटानका निदुप दर्जीलाई २–० को सोझो सेटमा पराजित गनुर्भएको थिायो ।

पहिलो सेट २१–१३ जितेका धामीले दोस्रो सेट २१–१४ ले जित्नुभएको थियो । त्यस्तै दाहालले भुटानकै नर्बु दर्धुललाई सोझो सेटमा पराजित गर्नुभएको थियो । यसक्रममा पहिलो सेट २१–१२ जित्नुभएको दाहालले दोस्रो सेट २१–५ को सहज जित हासिल गर्नुभएको थियो ।

यसै खेलमा पुरुषतर्फा नै भुटानका अनिश गुरुङलाई २–० को सोझो सेटमा तामाङले पराजित गर्नुभएको हो । तामाङले पहिलो सेट २१–६ तथा दोस्रो सेट २१–९ ले जित्नुभएको हो ।

साथै उक्त खेलमा महिलातर्फ नङ्शल तामाङ, जेसिका गुरुङ र रसिला महर्जनले बंगलादेशविरुद्ध जित हासिल गर्नुभएको थियो ।

बंगलादेशकी शाइपा अक्तरलाई नङ्शलदेबिले २–१ को सेटमा हराउनुभएको थियो । यसैक्रममा पहिलो सेट २१–१८ ले स’म्पीएकी नङ्शलले लगातार दुई सेट जित्दै सेमिफाइनलमा स्थान बनाउनुभएको थियो । भनृ दोस्रो सेट २१–१५ तथा तेस्रो सेटमा २१–१७ अनुसार जित हात पानुभएको थियो ।

त्यस्तै रसिला महर्जनलेले बंगलादेशकी अलिना सुल्तान तथा जेशिका गुरुङले ब्रिस्टिक खातुनलाई सोझो सेटमा पराजित गर्नुभएको हो । यस क्रममा रशिलाले २८–२६ र २१–१९ को सेटमा बंगलादेशकी अलिनालाई पराजित गर्दा जेशिकाले २१–१७ र २२–२० को सेटमा खातुनलाई हराउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?