भारतीय जलसेनामा पहिलो महिला पाइलट

काठमाडौं । भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बन्नुभएको छ ।

शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । उहाँ गत वर्ष भारतीय जलसेनामा भर्ना हुनुभएको थियो ।

शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थाल्नुभएको छ । उहाँले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाउनु भएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?