काठमाडौं। भारतको तमिलनाडु राज्यमा सोमबार भारी वर्षापछि घरका पर्खाललगायतका संरचना भत्किदा चार परिवारका १७ जनाको मृत्यु भएको छ ।
भारी वर्षाका कारण सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । भारतीय दक्षिणी राज्य तमिलनाडुको गाउँमा भएको सो घटनामा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको जनाइएको छ । मुसलधारे वर्षापछि सो घटना भएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय समय अनुसार सोमबार बिहान ५ः३० बजे सो घटना भएको टाइम्स अफ इन्डियाले जनाएको छ । भारतमा घरलगायतका अन्य संरचना भत्किनु एक सामान्य घटनाको रुपमा रहेको बताइएको छ ।
कमजोर संरचनाहरूका कारण घटना हुने गरेको विज्ञहरुको भनाइ रहेको छ । गत जुलाईमा मुम्बईमा भएको यस्तै घटनामा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया